देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना
काठमाडौँ, ३ असोज – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसम देशभर सामान्यतया सफादेखि आंशिक बदली छ। तत्काल कतै पानी परेको छैन।
महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै यसत्र क्रममा प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
Facebook Comments Box

