कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ सम्म गर्ने निर्णय
काठमाडौँ, ५ साउन – कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ ।
मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।
परीक्षा बोर्डको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्न समेत भनिएको छ ।
Facebook Comments Box

