काठमाडौँ उपत्यकामा २ हजार ६१३ जना सहित देशभर थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ११ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६१३ जना सहित देशभर थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८६३, भक्तपुरमा ३३२ र ललितपुरमा ४२७ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २२ हजार ३०६ जनाको आरटी पीसीआर तथा ६३० जनाको एन्टीजेन सहित २२ हजार ९३६ जनाको परिक्षण गर्दा ८ हजार ६३६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख २८ हजार ८४८ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ९१४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ६ हजार ७०० रहेको छ ।

Facebook Comments Box