काठमाडौँ उपत्यकामा ८१९ जना सहित देशभर थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८१९ जना सहित देशभर थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ७८३ आरटी पीसीआर तथा ४ हजार ८७८ एन्टीजेन परिक्षण सहित १४ हजार ६६१ जनाको परिक्षण गर्दा ३ हजार ६११ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५३ हजार ७१४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ८३४ रहेको छ

Facebook Comments Box