कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्ताबेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित अभियान सुरु गर्न लागिएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पार्टीभित्रका कमीकमजोरी सुधार गर्दै सङ्गठनलाई व्यवस्थित बनाउने र सशक्त रूपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । अभियानमार्फत पार्टीको आगामी कार्यदिशा तय गर्नुका साथै सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि आवश्यक योजना निर्माण गरिने महामन्त्री पौडेलले बताउनुभएको छ ।

Facebook Comments Box