एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौं र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। अंक तालिकामा काठमाडौं गोर्खाज दोस्रो स्थानमा छ। पाँच खेल खेलेको काठमाडौंले चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ।

यस्तै, सुदूरपश्चिम रोयल्स चार खेलमा जित र दुई खेलमा हारसहित तेस्रो स्थानमा रहेको छ। सुदूरपश्चिमले हालसम्म ६ खेल खेलेको छ। आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

अंक तालिकामा चितवन पाँचौं स्थानमा छ। पाँच खेल खेलेको चितवनले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा दुवै टोलीले एक–एक अंक बाँडेका थिए। यस्तै, जनकपुर बोल्ट्स छैटौँ स्थानमा छ। ६ खेल खेलेको जनकपुरले दुई खेलमा जित निकाल्दा चार खेलमा पराजय बेहोरेको छ।

Facebook Comments Box