पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महाराजगन्जस्थित निजी निवासबाट पक्राउ गरिएको हो । जबराविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । तर, उजुरीको विषय तथा पक्राउको कारण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको थियो । २०७८ फागुन १ गते उहाँविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा पर्नुभएको थियो । उहाँविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन सकेन । तर, त्यसपछि जबरा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रूपमा फर्किन पाउनुभएन ।

Facebook Comments Box