एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

कार्यदल संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका थिए । बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः छलफल गरेर एउटै प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको बताइएको छ ।

Facebook Comments Box