भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ५ बजेसम्म १ हजार ३५६ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार रसुवामा १६९, नुवाकोटमा १९६, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।

फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १२४ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८० र आफन्तका १ हजार २९० गरी कुल २ हजार ५७० वटा डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।पहिचान हुन बाँकी १ हजार ३२५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीपछि बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार २४५ जनालाई राखिएको छ।

Facebook Comments Box