दार्चुलामा पहिरोमा परी तीन जना घाइते

धनगढी, ३० साउन – दार्चुलामा पहिरोमा परी तीन जना घाइते भएका छन् । महाकाली नगरपालिका–४ रिंगलताल बांगाबगरस्थित ब्रह्म होटल एण्ड लजको माथिबाट पहिरो खस्दा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोमा परी दुहुँ गाउँपालिका–४ का २० वर्षीय सुरज कुँवर, मालिकार्जुन गाउँपालिका–२ की ४२ वर्षीया भागरती धामी र सोही ठाउँका ४५ वर्षीय भगतसिंह धामी घाइते भएका हुन् ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतका अनुसार पहिरोमा परी घाइते भएका तीनै जनाको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box