लमजुङमा पहिरोले धन्सार पुरिँदा बुबा–छोरीको मृत्यु, दुई जना घाइते

काठमाडौँ, १२ साउन – लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरो खस्दा धन्सार भत्किएर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कुलो भत्किएपछि आएको पहिरोले विष्णुदत्त सुवेदीको दुईतले धन्सार पुरिँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका टिकबहादुर विक र उनकी कान्छी छोरी विनीता विकको मृत्यु भएको हो ।

घटनामा आमा सुककुमारी विक र अर्की छोरी अस्मिता विक घाइते भएका छन् । उनीहरूको पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारले जनाएको छ ।

Facebook Comments Box