गणेश नेपालीको न्याय माग्दै वीर अस्पतालअघि प्रदर्शन, सुरक्षा व्यवस्था कडा
काठमाडौं, २७ असार – आत्मदाहपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै शनिबार काठमाडौंस्थित वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ।
सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधमा आयोजित प्रदर्शनमा सहभागीहरूले विभिन्न नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री र रास्वपा नेतृत्वको आलोचना गर्दै नाराबाजी गरिरहेका छन्।
प्रदर्शनलाई मध्यनजर गर्दै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यता, गणेश नेपालीको शव आफन्तले अझै बुझेका छैनन्। पोस्टमार्टमका लागि उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।
सरकारी पक्षले शुक्रबारदेखि नै मृतकका परिवारसँग वार्ता थाले पनि अहिलेसम्म सहमति जुट्न नसकेको जनाइएको छ।
Facebook Comments Box

