पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा
काठमाडौँ, २३ असार – फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डलासमा सम्पन्न खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। खेल अतिरिक्त समयमा जाने तयारीमा रहेका बेला दोस्रो हाफको इन्जुरी समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए।
यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको छ। सन् २०१० मा विश्वकपको उपाधि जितेपछि स्पेन पहिलो पटक अन्तिम आठमा पुगेको हो। यता, अन्तिम समयमा गोल खाएपछि पोर्चुगलको विश्वकप यात्रा राउन्ड अफ–१६ मै टुङ्गिएको छ।
Facebook Comments Box

