भक्तपुरमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

भक्तपुर, २१  जेठ – भक्तपुरको चाँगुनारायण नगरपालिका–८ कलमसीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी सूर्य खड्का का अनुसार गएराति मजदुर बोकेको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुने दुवै पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

सडक ढलानको काम सम्पन्न गरी डेरातर्फ फर्किरहेका मजदुरहरू सवार ट्याक्टरमा १२ जना रहेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा ट्याक्टरको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका छ जनाको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box