बागलुङमा लागुऔषध सेवन गरी सवारी चलाउने १४ चालक कारबाहीमा

काठमाडौँ,  २० वैशाख – बागलुङ जिल्ला मा लागुऔषध सेवन गरेर सवारी चलाउने चालकहरू भेटिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ ले सञ्चालन गरेको ‘लापसे जाँच’ अभियानअन्तर्गत ६५ जना चालकको परीक्षण गर्दा १४ जना पोजेटिभ देखिएका हुन्।

कार्यालयका प्रमुख वरिष्ठ सई मीनबहादुर कुँवर का अनुसार बागलुङ नगरपालिका मालढुंगा, काठेखोला–अक्षते, गलकोट–हटिया र बडिगाड–ग्वालीचौर क्षेत्रमा परीक्षण गरिएको थियो। लागुऔषध सेवन गरेको पुष्टि भएपछि एक इभी भ्यान, एक स्कारपियो, चार ट्याक्टर, चार पिकअप, दुई मोटरसाइकल, एक अटो र एक टिपरका चालकलाई नियन्त्रणमा लिएर लागुऔषध ऐनअनुसार कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको गुनासो आएपछि यस्तो अभियान सुरु गरिएको हो। जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा १५ वटा सवारी दुर्घटना भएका छन्, जसमा ९ जनाको मृत्यु र ३३ जना घाइते भएका छन्।

Facebook Comments Box