एमालेले समानुपातिकतर्फ १६ सांसद चयन

काठमाडौं, ३० फागुन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ। आज बसेको एमाले केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजाति समूहबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगरकुलभक्त शाक्य लाई चयन गरेको हो।

पार्टीका उपमहासचिव लेखराज भट्ट का अनुसार खस आर्य समूहबाट पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बरालपुष्पराज कँडेल लाई चयन गरिएको छ।

त्यसैगरी थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विकनीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादवचन्द्रेश्वर मण्डल छनोट भएका छन्। मुस्लिम समुदायबाट साजिदा सिद्दीकी लाई चयन गरिएको जनाइएको छ।

Facebook Comments Box