भारतको गोवामा नाइट क्लब विस्फोट, २३ जनाको मृत्यु

काठमाडौं, २१ मंसिर – भारतको गोवास्थित अरपोरा क्षेत्रमा शनिबार राति करिब १२ बजे नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ। विस्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो। घटनास्थलमा गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु पुगेका थिए।

मुख्यमन्त्री सावन्तका अनुसार मृतकमा तीन महिला र केही पर्यटकसमेत रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार कतिपयको जलेर र कतिपयको धुवाँमा निसासिएर मृत्यु भएको हो। गोवा सरकारले घटनाको पूर्ण जाँच गर्न र दोषीलाई कारबाही गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ।

Facebook Comments Box