पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासिँदा एकतर्फी आवागमन

तनहुँ, १९ असोज – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित पृथ्वीराजमार्गको एक भाग भासिँदा सडक आंशिक रूपमा अवरुद्ध भएको छ। शनिबार बिहानैदेखि परेको लगातार वर्षाका कारण सडक भासिएपछि हाल सो खण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार अपरान्ह करिब ४ बजे सडक भासिएको हो। उहाँले भन्नुभयो, “सडक भासिएपछि दुवैतर्फ प्रहरी परिचालन गरी एकतर्फी रूपमा सवारी सञ्चालन मिलाइएको छ, तर रातिको समयमा उक्त स्थान जोखिमपूर्ण भएकाले यात्रा नगर्न अनुरोध गरिएको छ।”

यसअघि विसं २०७९ जेठ २७ गते पनि सोही स्थानमा सडक भासिएर अवरुद्ध भएको थियो। त्यसबेला भित्ता काटी मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो। प्रहरीका अनुसार त्यही स्थान पुनः भासिएको हो।

Facebook Comments Box