अलैँची निर्यात ४४% ले बढ्यो, चियाको निर्यात घट्यो
झापा, ९ असोज – मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३.९०% ले वृद्धि भएर रु ८५ करोड ९६ लाख ११ हजार पुगेको छ। सो अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको कार्यालयले जनाएको छ। त्यसै अवधिमा चियाको निर्यात भने ३४% ले घटेर रु ७५ करोड ३ लाख ४८ हजारमा सीमित भएको छ।
भन्सार कार्यालयका तथ्याङ्कअनुसार, अन्य मुख्य निर्यात वस्तुमा छुर्पी ९८.३०%, काउली–ब्रोकाउली १५५.२०%, भेनियर सिट ७४%, मुसुरो दाल ६५५.१०% ले वृद्धि भएको छ। यस्तै, फलामे पाता ९३.४०%, अदुवा ४१.८०% र अम्रिसो ३०.१०% ले घटेको छ। चालु आवको दुई महिनामा मेची भन्सारबाट कुल रु ३ अर्ब ६ करोड ३७ लाख ३९ हजार बराबरको मालवस्तु निर्यात भएको जनाएको छ।
Facebook Comments Box

