वीरगञ्ज भन्सारमा १७९ सवारीसाधन थन्किए

पर्सा, ९ असोज – वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा हाल १७९ चार पाङ्ग्रे सवारीसाधन भन्सार जाँचपास नपाएको कारण थन्किएका छन्। भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार, एकीकृत जाँचचौकीमा ७५ र सुक्खा बन्दरगाहमा १०४ सवारीसाधन प्रक्रियामा रहेका छन्। “आयातकर्ताले चाडपर्व लक्षित गर्दै प्रक्रिया अघि बढाइरहेका छन्,” उनले बताए।

सुक्खा बन्दरगाहमा करिब २० सवारीसाधनको प्रक्रिया पूरा भइसकेको छ भने एकीकृत जाँचचौकीका सवारीसाधनको पनि आवश्यक प्रक्रिया अघि बढिरहेको छ। चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु ७ अर्ब १६ लाख मूल्य बराबरको सवारीसाधन र पार्टपुर्जा आयात भएको छ। गत आवको सोही अवधिसँग तुलना गर्दा चालु आवमा रु १ अर्ब ७५ करोड बढी मूल्यको आयात भएको छ।

Facebook Comments Box