यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११ भदौ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९० पैसा र बिक्रीदर १०९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा तोकिएको छ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन सयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४ रुपैयाँ ६७ पैसा, डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा कायम भएको छ।

त्यसैगरी, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८ रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० पैसा र बिक्रीदर ४६० रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकका अनुसार तोकिएको विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक पर्न सक्ने जनाइएको छ।

Facebook Comments Box