तीन संसदीय समितिको बैठक आज
काठमाडौँ, ११ भदौ
सङ्घीय संसद्का तीन वटा समितिको बैठक आज बस्दै छन् । तीमध्ये राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति रहेका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले समितिको सभापति निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम तय गरेको छ । यद्यपि सांसद ईश्वरी न्यौपाने यस समितिको सभापतिमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ सम्बन्धी दफावार छलफल हुने जनाइएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/८२’ बारे छलफल हुने कार्यसूची रहेको छ ।
Facebook Comments Box

