तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँ, १० भदौ

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस (जेई) सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जेई सङ्क्रमण देखिएको हो । नयाँ मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा उक्त वृद्धमा रोग पुष्टि भएको जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो ।

सङ्क्रमण देखिएपछि कार्यालयले सम्पर्क परीक्षण र जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा टोलीले सो वडामा पुगेर स्थानीयको सम्पर्क परीक्षण गरेको कँडेलले बताउनुभयो । स्वास्थ्यकर्मीका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले मस्तिष्कमा सङ्क्रमण गराउने तथा स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउन सक्ने भएकाले यसबाट मृत्युसमेत हुन सक्छ ।

Facebook Comments Box