वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध
बागमती, ६ भदौ
अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँलाई छोटो दूरीमा जोड्ने दुईवटा महत्वपूर्ण सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।
कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्लेडाँडामा आज दिउँसो ढुङ्गा–माटोसहितको पहिरो खसेपछि सो खण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै, त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–बागझुरामा गिट्टी–बालुवासहितको भलपानी बग्दा सडक आवागमन पूर्ण रूपमा रोकिएको डीएसपी अर्यालले बताउनुभयो ।
हाल सडक विभागसँगको समन्वयमा दुबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको र सडक यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

