राष्ट्रपतिसँग ज्येष्ठ नागरिक महासङ्घका प्रतिनिधिको भेट
काठमाडौँ, ८ साउन – राष्ट्रपति रामचन्द्र पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधिमण्डलले आज शीतल निवासमा भेटवार्ता गरेको छ। भेटका क्रममा प्रतिनिधिमण्डलले ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न समस्या तथा सुझावहरू राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए।
महासङ्घका प्रतिनिधिहरूले राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, वृद्धभत्ता वितरण प्रक्रियामा सुधार ल्याउनुपर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता प्रदान गर्ने व्यवस्था गर्नुपर्ने, नागरिकताविहीन ज्येष्ठ नागरिकलाई नागरिकता उपलब्ध गराउनुपर्ने, र संयुक्त परिवारको अवधारणालाई प्रवर्द्धन गर्नुपर्ने जस्ता मागहरू राखेका थिए।
राष्ट्रपति पौडेलले उनीहरूले उठाएका विषयप्रति गम्भीर ध्यान दिएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र समस्याको समाधानका लागि सकारात्मक पहल गर्ने आश्वासन दिनुभयो।

