प्रेस युनियनमा तीन सल्लाहकार मनोनित
काठमाडौँ, २३ असार – नेपाल प्रेस युनियनले वरिष्ठ पत्रकारहरू तेजप्रकाश पण्डित, विपुल पोखरेल र रिता गुरुङलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।
लोकतान्त्रिक पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनले आफ्ना गतिविधि सशक्त बनाउने उद्देश्यसहित सल्लाहकारहरू मनोनित गरेको हो। युनियनका अध्यक्ष शिव लम्सालका अनुसार विधान २०४८ बमोजिम तीनजना पत्रकारलाई सल्लाहकार बनाइएको हो।
नयाँ सल्लाहकारहरूमा तनहुँका तेजप्रकाश पण्डित, दाङका विपुल पोखरेल र काठमाडौंकी रिता गुरुङ रहेका छन्। संस्थाले विज्ञप्तिमार्फत सल्लाहकारहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने अपेक्षा व्यक्त गरेको छ।
Facebook Comments Box

