वीरगञ्ज भन्सारबाट एघार महिनामा १ खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज, २ असार — वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको एघार महिनामा १ खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सङ्ख्या वार्षिक लक्ष्यको ७९.०८ प्रतिशत हो।भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले जेठ महिनामा राजस्व सङ्कलन उच्च रहेको हो।
“विगत एघार महिनाको तुलनामा जेठमा सबैभन्दा धेरै राजस्व उठेको छ,” उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातले मुख्य योगदान पुर्याएको छ।”
महिनावार राजस्व सङ्कलन विवरण यसप्रकार छ:
-
साउन — रु १२ अर्ब १५ करोड
-
भदौ — रु १३ अर्ब ४२ करोड
-
असोज — रु १३ अर्ब ४७ करोड
-
कात्तिक — रु ११ अर्ब १० करोड
-
मङ्सिर — रु १४ अर्ब ४० करोड
-
पुस — रु १५ अर्ब ४७ करोड
-
माघ — रु १४ अर्ब ४४ करोड
-
फागुन — रु १४ अर्ब ६३ करोड
-
चैत — रु १५ अर्ब ४७ करोड
-
वैशाख — रु १५ अर्ब ७२ करोड
-
जेठ — रु १८ अर्ब १८ करोड
चालु आवको एघार महिनामध्ये सबैभन्दा धेरै राजस्व जेठ महिनामा सङ्कलन भएको हो। भन्सार विभागले वीरगञ्ज भन्सारका लागि २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ वार्षिक राजस्व सङ्कलन लक्ष्य निर्धारण गरेको छ।

