औपचारिक रुपमा घरजग्गा कित्ताकाट खुला
काठमाडौँ, १९ वैशाख – मन्त्रिपरिषद्ले घरजग्गा कित्ताकाट खुला गरेको छ। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेपनि यसबारे अध्ययन गर्न मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी दिएको थियो।
उक्त समितिको सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठक औपचारिक रुपमा घरजग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
Facebook Comments Box

