नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुमै दोब्बर भन्दा बढी मतको अग्रता

काठमाडौं, ५ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुमै दोब्बर भन्दा बढी मतको अग्रता बनाएका छन्। ६ हजार मतगणना भइसक्दा ओलीले ३ हजार २ सय १२ मत ल्याउन सफल भएका छन्।

उनलाई पछ्याइरहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत ल्याएका छन्। ओली उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ५ मा सोमबार मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको थियो। ६ हजार वटा मतपत्र गनेर सकिएपछि नतिजा सार्वजनिक गरिएको निर्वाचन अधिकृत डम्बर काफ्लेले बताए।

Facebook Comments Box