सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै

काठमाडौँ, ५ असोज – सत्ता गठबन्धनका शीर्ष नेतासहित प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक अहिले बिहान बस्दै छ। बैठक अहिले बिहान ८ बजे बस्ने नेताहरूले बताएका छन्। आजको बैठकमा सिट बाँडफाँटका विषयमा मात्र छलफल नभई राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमबारे पनि केही निर्णय हुन सक्ने बताइएको छ।

राष्ट्रपति भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाउँदा पनि नागरिकता विधेयक प्रमाणीकरण गरिनन्। प्रमाणीकरण गर्ने १५ दिनको समयसीमा मंगलबार राति १२ बजे पनि गुजारेकी हुन्।

Facebook Comments Box