आज देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, १८ फागुन – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज प्रदेश १ र वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।
आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

