सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार पाँचौं चरणको अन्तिम खेल हुँदै
काठमाडौँ, ५ पुस – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार पाँचौं चरणको अन्तिम खेल हुँदैछ। यो चरणको अन्तिम खेलमा फ्रेन्ड्स र एपीएफ क्लबबीच दशरथ रंगशालामा दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ।
फ्रेन्ड्सले चार खेलमध्ये २ हार र २ बराबरीको सामना गर्दै २ अंक हात पारेको छ भने एएपीएफले ४ खेलमध्ये १ मा बराबरी र ३ खेलमा हारको सामना गर्दै १ अंक हात पारेको छ। यी दुवै टोली लिगको पुछारमा छन्।
Facebook Comments Box

