पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, हिमाली क्षेत्रमा बादल र तराईमा तुवाँलो

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित देशका बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ । पहाडी क्षेत्रमा आंशिक बादल रहेको छ भने अन्य भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज सोमबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । त्यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box