कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले चार हजार एक सय ९४ मत र उदयशमशेर राणाले दुई हजार तीन सय ३० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।

खुला प्रतिस्पर्धामा डा. सुनिलकुमार शर्माले दुई हजार दुई सय ५७, गुरुराज घिमिरेले एक हजार पाँच सय १३, नैनसिंह महरले एक हजार एक सय ३४, अमरसिंह पुनले एक हजार एक सय २५, शंकर तिवारीले एक सय २३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभएको छ।यसैगरी, महिला महामन्त्रीमा डा. डिला संग्रौला तीन हजार एक सय १८ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले दुई हजार आठ सय ६४ र रीता खनालले आठ सय चार मत प्राप्त गर्नुभएको छ।

Facebook Comments Box