रोशी खोलामा जलसतह सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
काठमाडौँ । काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा जलसतह बढेर सतर्कता तह पार गरेपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। महाशाखाले आज बिहान साढे ५ बजे सूचना जारी गर्दै रोशी खोलाको तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा रहेका स्थानीयलाई सतर्क रहन आग्रह गरेको हो।
पनौती जलमापन केन्द्रमा मापन गरिएको रोशी खोलाको जलसतह सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा बसोबास गर्नेहरूलाई बिहानसम्म विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। खोलाको जलसतह थप बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन भनिएको छ।
Facebook Comments Box

