कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने गरी बोलाउनुभएको हो ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
Facebook Comments Box

