भोटेकोशी बाढीपछि राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौँ, १६ भदौ –भोटेकोशी नदीमा भीषण बाढी आएपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज मंगलबार पहिलोपटक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सरकारका तर्फबाट राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिनेछ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा शून्य र विशेष समय रहनेछ । त्यसपछि निर्धारित कार्यसूचीअनुसार बैठक अघि बढ्नेछ । यसअघि भदौ ९ गतेको बैठक सम्पन्न भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ‘अन्तरसंसद् सभाध्यक्षहरूको सम्मेलन’ मा सहभागी हुन कम्बोडिया जानुभएको थियो । सम्मेलन सकेर उहाँ यसै साता स्वदेश फर्किनुभएको हो ।
Facebook Comments Box

