स्याङ्जाका चार स्थानीय तहमा आज सार्वजनिक बिदा

स्याङ्जा, १० भदौ – इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा स्याङ्जाका चार स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। जिल्लाका ११ स्थानीय तहमध्ये वालिङ, पुतलीबजार, गल्याङ र भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन्।

‘मोहम्मद डे’का रूपमा मनाइने यस अवसरमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदमा कुरान पाठ गर्ने तथा हजरत मोहम्मदका उपदेश स्मरण गर्ने गर्छन्। यस दिन सामूहिकरूपमा भेला भएर भोज खाने र एकअर्कामा शुभकामना आदानप्रदान गर्ने भएकाले स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो। चार स्थानीय तहले सार्वजनिक बिदा दिएपछि ती नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा विभिन्न सङ्घसंस्थाले खुसी व्यक्त गर्दै स्थानीय तहप्रति धन्यवाद ज्ञापन गरेका छन्।

Facebook Comments Box