बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जनाको अवस्था गम्भीर
बझाङ, २८ असार – बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा केदारस्यूँ गाउँपालिका–७ की बिमला धामी, दुर्गाथली गाउँपालिका–६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महतको मृत्यु भएको हो।
दुर्घटनामा १३ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्य छ जनाको अवस्था मध्यम रहेको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि हेलिकप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box

