भारतको तेलंगानामा गर्मी र लुका कारण १६ जनाको मृत्यु

काठमाडौं, १० जेठ – भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी तथा लुका कारण १६ जनाको मृत्यु भएको छ । राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डी ले शनिबार उक्त जानकारी दिएका हुन् । मन्त्री रेड्डीले शनिबार अधिकारीहरूसँग बैठक गरी हिटवेभका कारण उत्पन्न अवस्थाबारे छलफल गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला प्रशासन प्रमुखहरूको प्रतिवेदनका आधारमा सबैभन्दा बढी चार जनाको मृत्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको बताए ।

त्यसैगरी वारंगल अर्बन, करिमनगरनिजामाबाद जिल्लामा तीन/तीन जनाको मृत्यु भएको जनाइएको छ । यस्तै जोगुलाम्बा गडवाल, रंगा रेड्डीसूर्यापेट जिल्लामा एक/एक जनाको मृत्यु भएको मन्त्री रेड्डीले बताएका छन् । राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

Facebook Comments Box