ट्रम्पपछि पुटिन चीनमा, सीसँग रणनीतिक वार्ता हुने
काठमाडौं, ६ जेठ – रुसका राष्ट्रपति पुटिन दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार राति चीन पुग्नुभएको छ । बेइजिङ विमानस्थलमा उहाँलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गर्नुभएको थियो ।
भ्रमणका क्रममा राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपतिसी चिनफिङसँग भेटवार्ता गर्नुहुने भएको छ । दुई नेताबिच द्विपक्षीय सम्बन्ध, व्यापार, रणनीतिक साझेदारी तथा समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने चीनको विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को हालैको चीन भ्रमणपछि पुटिनको भ्रमणलाई विशेष अर्थका साथ हेरिएको छ । भ्रमणका क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री सँग पनि भेट गर्ने सम्भावना रहेको बताइएको छ ।
Facebook Comments Box

