प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्युठान, १ जेठ – प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लु.प्र. ०२–००१ ज ०१०४ नम्बरको मारुती भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ।

सडकबाट करिब दुई सय मिटर तल खसेको भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिए। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन। दुर्घटनामा परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

Facebook Comments Box