वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
काठमाडौँ, १६ पुस – लगातार वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। प्रहरीका अनुसार काभ्रे जिल्ला का विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले जोखिम बढेपछि राजमार्ग बन्द गरिएको हो।
मौसममा सुधार आएपछि मात्रै सडक सञ्चालनमा ल्याइने जनाइएको छ। राजमार्ग सुचारु सम्बन्धी थप जानकारी मौसम सुधारपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ। यात्रा अघि अनिवार्य रूपमा जानकारी लिन १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
Facebook Comments Box

