प्रधानमन्त्री बालेन्द्र शाहले भारत को औपचारिक भ्रमण गर्ने
काठमाडौँ, १२ वैशाख – प्रधानमन्त्री बालेन्द्र शाह ले छिमेकी मुलुक भारत को औपचारिक भ्रमण गर्ने तयारी सुरु भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्री ले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाहको भारत भ्रमणको प्रारम्भिक तयारी सुरु भएको जानकारी दिएका हुन्। उनका अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल मार्फत भारत सरकारबाट औपचारिक निम्तो प्राप्त भएको छ।
“भ्रमण निश्चित भइसकेको छ, तर मिति र कार्यक्रमबारे अन्तिम टुङ्गो लागेपछि सार्वजनिक गरिनेछ,” उनले भने। नेपालमा नयाँ सरकार गठन भएपछि पहिलो विदेश भ्रमण छिमेकी मुलुकबाट सुरु गर्ने कूटनीतिक परम्परा रहँदै आएको छ।यसै सन्दर्भमा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले दोस्रो कार्यकाल सुरु गरेपछि पहिलो पटक लुम्बिनी भ्रमण गरेका थिए।
पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले पश्चिम एसियाको अवस्था हाल केही शान्त भए पनि अझै संवेदनशील रहेको बताए। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जानकारी उनले दिए। इरानमा पक्राउ परेका उदयपुरका अमृत झा सहित केही नेपालीको रिहाइ प्रक्रिया अझै जारी रहेको छ।
उनका अनुसार सात जनामध्ये चार जना रिहा भइसकेका छन् भने बाँकी तीन जनाको प्रक्रिया जारी छ। त्यस्तै, पश्चिम एसिया, मध्य एसिया तथा अफ्रिकी महाशाखाका प्रमुख रामकाजी खड्का का अनुसार उडानका लागि आकाश खुला भएसँगै श्रम गन्तव्य मुलुकतर्फ जाने श्रमिकका लागि श्रम स्वीकृति पुनः खुला गरिएको छ।

