काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपा विजयी हुने निश्चित

काठमाडौँ, २३ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुने निश्चित भएको छ। हालसम्म नौ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने काठमाडौं–२ मा रास्वपाका उम्मेदवार सुनिल केसीको विजय लगभग निश्चित भएको छ।

काठमाडौं–१ मा रञ्जु न्यौपाने (दर्शना) निर्वाचित हुनुभएको छ। काठमाडौं–२ मा सुनिल केसीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कविर शर्माभन्दा करिब १९ हजार मतले अग्रता कायम गर्नुभएको छ। यसैगरी काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल र काठमाडौं–६ मा शिशिर खनाल निर्वाचित हुनुभएको छ।

त्यसैगरी काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डोलप्रसाद अर्याल तथा काठमाडौं–१० मा प्रदीप विष्ट निर्वाचित हुनुभएको छ। यससँगै काठमाडौंका सबै निर्वाचन क्षेत्रमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ।

Facebook Comments Box