आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौँ, ८ फागुन – आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष  आईएलओ को तत्वावधानमा यो दिवस मनाइने गरिन्छ। सन् २००७ नोभेम्बर २६ मा United Nations General Assembly ले प्रस्ताव पारित गरेपछि सन् २००९ देखि प्रत्येक वर्ष फेब्रुअरी २० तारिखमा सामाजिक न्याय विश्व दिवस मनाउने निर्णय गरिएको हो।

सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धन गर्दै विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु यस दिवसको मुख्य उद्देश्य रहेको छ। विभिन्न देशमा श्रम अधिकार संरक्षण, समानता प्रवर्द्धन र समावेशी विकाससम्बन्धी कार्यक्रम आयोजना गरी दिवस मनाइँदै आएको छ।

Facebook Comments Box