मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती, ८ माघ – कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको सवारी साधन आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ निवासी १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका वरथवा नगरपालिका–१ कै २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था उपचाराधीन रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box