दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ, ३० पुस – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार विएस धवलागिरि ट्रेडर्सलाई रु १० हजार र सिन्धु मेटेरियल्स प्रालिलाई रु १५ हजार जरिवाना गरिएको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ का विभिन्न दफामा उल्लेखित प्रावधान विपरीतका गतिविधि देखिएपछि ती फर्मलाई कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । अनुगमनका क्रममा कूल १४ वटा फर्म निरीक्षण गरिएकोमा अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिइएको छ ।

विभागले पछिल्ला दिनमा विशेषगरी निर्माण सामग्री बिक्री गर्ने फर्महरूमा अनुगमन तीव्र पारेको जनाएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवाला निकायको सहभागितामा नियमित बजार अनुगमन भइरहेको र कैफियत देखिएका फर्मलाई कानुन बमोजिम कारबाही तथा नगद जरिवाना गरिँदै आएको विभागले स्पष्ट पारेको छ ।

Facebook Comments Box