आयोगमा बयान दिन जाने पूर्वगृहमन्त्री लेखकको भनाइ

ललितपुर, १० पुस – पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताउनुभएको छ । सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पुस १४ गते सोमबार आयोगमा उपस्थित भएर बयान दिने जानकारी दिनुभयो ।

आयोगबाट पुस ११ गते शुक्रबार बयानका लागि उपस्थित हुन पत्र प्राप्त भएको उल्लेख गर्दै लेखकले उक्त मितिमा उपस्थित हुन नसक्ने भएकाले पुस १४ गते आउने जानकारी आयोगलाई गराइसकेको बताउनुभयो ।

Facebook Comments Box