वाग्मतीमा पुँजीगत खर्च न्यून, चालु खर्च अपेक्षाकृत बढी

वाग्मती – वाग्मती प्रदेशले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बजेटको केवल ४.४७ प्रतिशत पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु खर्च भने १८.४१ प्रतिशत पुगेको छ। चालु आव २०८२/८३ का लागि कुल रु ६७ अर्ब ४७ करोड पारित गरिएको थियो।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी खर्च प्रदेश लोकसेवा आयोग (२९.९०%), प्रदेशसभा सचिवालय (२७%), मुख्य न्यायाधिवक्ताको कार्यालय (२३.६७%), स्वास्थ्य मन्त्रालय (२०.४५%) र श्रम, रोजगार तथा यातायात मन्त्रालय (१९.५५%) ले गरेका छन्। सबैभन्दा कम बजेट खर्च संस्कृति तथा पर्यटन मन्त्रालयले गरेको छ, जसको प्रतिशत केवल १.४८ छ।

Facebook Comments Box